काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीहरूलाई तत्काल पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक रहेको बताएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको प्रभावबारे टिप्पणी गर्दै हुम्लाको नाम्खा गाउँपालिकामा पहिरोले थुप्रै परिवार विस्थापित भएको घटनालाई उदाहरणस्वरूप उल्लेख गरेका हुन्।
‘अब ढिलो नगरी हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीहरू पहिचान गरेर तिनीहरूलाई सुरक्षित स्थानमा सार्ने योजना बनाउनु जरूरी छ,’ पोखरेलले लेखेका छन्, ‘यसका लागि सुरक्षित क्षेत्रको पहिचान गरी वन क्षेत्र र संरक्षण क्षेत्रबाट अलग राखी सुरक्षित बस्ती विकासको योजना अघि बढाउनुपर्छ।’
प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया