काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनकारीहरुले अझैपनि यो व्यवस्था असफल पारेर राजा ल्याउने षड्यन्त्र गरिरहेको बताएका छन् । आइतबार काठमाडौमा सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले आफुहरु कुनै हालतमा प्रतिगमन हुन दिने पक्षमा नरहेको बताए । प्रतिगमन हुन दिन्नौँ । प्रतिगमनको पहिलो कुरा राजालाई ल्याउने खतरनाक षडयन्त्र चलिरहेको छ’ अध्यक्ष नेपालले भने, तर यो किमार्थ सम्भव छैन ।
उनले राजाको शासन आएपछि देश राम्रो हुन्छ भनेर कतिपयले भनिरहेको भन्दै राजाले देश कसरी चलाएका थिए भन्ने आफुलाई राम्ररी थाहा भएको पनि बताए । संघीयता समस्या नभएको पूर्व प्रधानमन्त्री समेत रहेका नेपालको भनाइ छ । ‘संघीयता समस्या होइन, समस्या भनेको गुड गभरनेन्सको कुरा हो । जिम्मेवारी बोधको भावनाको कुरा हो । कामको तरिका र दृष्टिकोणको समस्या हो’ अध्यक्ष नेपालको भनाइ छ ।
प्रकाशित मिति: ५ असार २०७९, आइतबार
प्रतिक्रिया