काठमाडौँ । देशमा सुशासनको खाँचो गम्भीर बन्दै गएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सरकारलाई जनताको प्राथमिकता बुझ्न आग्रह गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद प्रधानले जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने मुद्दाहरूलाई बेवास्ता गर्दै गणतन्त्रको नाममा प्रचारबाजी गर्नु उचित नहुने बताए। उनले किसानलाई अहिले गणतन्त्र होइन, मल आवश्यक रहेको, सर्वसाधारण जनतालाई शासन प्रणालीको प्रचारभन्दा प्रभावकारी सेवा चाहिएको र सहकारी पीडितहरूलाई राजनीतिक भाषणभन्दा आफ्नो पैसा फिर्ता चाहिएको स्पष्ट रूपमा उल्लेख गरे।

advertisement

उनले चेतावनी दिँदै भने, “किसानलाई अहिले मल चाहिएको हो कि गणतन्त्र? जनतालाई सुशासन चाहिएको हो कि गणतन्त्र? सहकारी पीडितलाई पैसा फिर्ता चाहिएको हो कि गणतन्त्र? यी सबै प्रश्नको उत्तर स्पष्ट छ – जनतालाई व्यवहारिक समाधान चाहिएको छ।”

प्रधानले देशमा आस्था र विश्वासका आधारमा उभिएका समुहहरूलाई दबाउने र अपमान गर्ने प्रयासप्रति आपत्ति जनाउँदै जनभावना र धार्मिक आस्थामाथि आक्रमण नहोस् भन्नेमा जोड दिए।

उनले शक्ति प्रयोग गरेर आस्था दबाउने कामले जनतालाई आवश्यक सेवा र सुविधा नपुग्ने चेतावनी दिए। “शान्तिपूर्ण संवाद र समझदारीमार्फत समाधान खोज्नुपर्छ, बल प्रयोग र भेदभावले समस्याको निकास आउँदैन,” सांसद प्रधानको भनाइ थियो।

प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com