काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भ्रष्टाचारी’को आरोप लगाएका छन्।

उनले फेसबूकमा प्रधानमन्त्री ओलीको ‘करप्सन सिस्टम’लाई मद्दत गर्न नसक्ने लेखेका छन्।

advertisement

सोमबार (आज) सिंहदरबारमा प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा बालेन गएका थिएनन्। त्यहाँ प्रधानमन्त्री ओलीले उनलाई खोज्दै अब फेरि पनि नआए नाम काट्न भनेका थिए।

यसपछि बालेनले जवाफस्वरूप यस्तो लेखेका हुन्। ‘सरी, केपी ओली, आई डोन्ट सपोर्ट योर करप्सन सिस्टम,’ उनले लेखेका छन्।

अगाडि उनले लेखेका छन्, ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ। त्यसको नाइकेको कार्यक्रममा म गइदिनुपर्ने ?’

प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com