काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले महानगर प्रहरीका निमित्त प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन्। केही दिनअघि गुरागाईंलाई कार्यालय प्रवेशमा अवरोध पुर्‍याएको विषयमा यो स्पष्टीकरण मागिएको हो।

महानगर स्रोतका अनुसार पाण्डेलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ। गुरागाईंले हिजो जारी गरेको सो पत्र पाण्डेले आज प्राप्त गरेका छन्।

advertisement

गत चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईं महानगरपालिकाको कार्यालयमा जनप्रतिनिधि र कर्मचारीहरूको सहयोगमा प्रवेश गरेका थिए। सो दिन उनलाई नगर प्रहरीले रोक्ने प्रयास गरेको थियो। नगर प्रहरी प्रमुख पाण्डेको नेतृत्वमा ठूलो संख्यामा खटिएको टोलीले गुरागाईंलाई कार्यालय प्रवेशमा अवरोध गरेको थियो।

स्पष्टीकरण पत्रमा यही घटनालाई मुख्य विषय बनाइएको छ। कानुनी प्रावधानअनुसार नगर प्रहरी प्रमुख प्रशासकीय अधिकृतको मातहतमा कार्यरत हुनुपर्ने भए तापनि पाण्डे भने मेयर बालेन्द्र साहको सिधा निर्देशनमा क्रियाशील हुँदै आएका छन्। घटनापछि पाण्डेले गुरागाईंसँग माफी पनि मागेको स्रोतको दाबी छ।

प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com