काठमाडौं । मकवानपुरको हेटौंडा स्थित गैरीगाउँमा सडक भासिएर बेपत्ता भएको मालबाहक गाडीका केही पार्टपुर्जा फेला परेका छन्।

गत वैशाख १९ गते ना४च ४८३३ नम्बरको माछा बोक्ने गाडी सडक भासिएपछि बेपत्ता भएको थियो। त्यसयता गाडीको खोजीका लागि केही पहल भए पनि ठोस परिणाम आएको थिएन।

advertisement

गाडी बेपत्ता भएको स्थलको भूगर्भीय अध्ययन गर्न खानी तथा भूगर्भ विभाग, काठमाडौंको टोली वैशाख २३ र जेठ २ गते घटनास्थलमा पुगेको थियो। नारायण अधिकारीको नेतृत्वमा गएको चार सदस्यीय टोलीले सो स्थानको भू-सरचना, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्रजस्ता पक्षहरूको अध्ययन गरी माटोका नमुना संकलन गरेको थियो।

तर, सम्बन्धित निकायहरूले गाडी खोजीमा विशेष चासो नदिएको गुनासो स्थानीयको रहँदै आएको छ। यही अवस्थालाई देखेर वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले मंगलबारदेखि क्रेन र एक्साभेटरको प्रयोग गरी आफ्नै पहलमा खोजी कार्य थालेका हुन्।

खोजीका क्रममा झण्डै १० मिटर गहिराइमा गाडीका टायर, ढोका लगायतका विभिन्न पार्टपुर्जा भेटिएको वडाध्यक्ष कोइरालाले जानकारी दिए। उनका अनुसार गाडी भेटिनासाथ त्यस क्षेत्रको पहिचान पनि स्पष्ट भएको छ, जसले पीडितलाई केही राहत दिएको छ।

“माथिल्लो तहले खासै चासो नदिएको देखेर पीडितको पीडामा मलहम लगाउन आफैंले ठूला उपकरण ल्याएर खोजी सुरु गरेको हुँ,” वडाध्यक्ष कोइरालाले भने, “आज दोस्रो चरणको खनाइपछि गाडीका केही हिस्सा भेटिए

प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com