एजेन्सी । गाजामा इजरायलले गरेको बमबारीमा कम्तिमा पनि ७३ जनाको ज्यान गएको छ । मध्यराति यता भएको यस आक्रमणमा गाजाको एउटा विस्थापितहरू बस्ने शेल्टरमा मात्रै बालबालिकासमेत कम्तिमा २२ जानको मृत्यु भएको छ ।
इजरायलले गाजामा आक्रमण तीव्र पारिरहँदा दिनँहु दर्जनौं मानिसले ज्यान गुमाइरहेका छन् । २०२३ को अक्टोबर ७ यता इजरायलले गाजामा गरेको आक्रमणमा कम्तिमा पनि ५३ हजार ४७५ जनाको मृत्यु भइसकेको छ । यही वर्षको जनवरी १९ देखि मार्च १७ सम्म भएको युद्धविराममा मात्रै १७० जनाको ज्यान गएको थियो ।
यसैबीच बेलायती प्रधानमन्त्री केयर स्टारमर, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायलले गाजामा आफ्नो नयाँ सैन्य कारबाही बन्द गरेन र मानवीय सहायतामाथि लगाइएको प्रतिबन्ध हटाएन भने प्रतिक्रियामा ठोस कदम चाल्ने चेतावनी दिएका छन् ।
यी नेताहरूले हमासलाई पनि अक्टोबर ७ मा बन्धक बनाइएका इजरायलीहरूलाई रिहा गर्न पनि अपील गरेका थिए ।
‘आतंकवादबाट आफ्ना नागरिकहरूलाई जोगाउने इजरायलको अधिकारलाई हामीले सधैंसमर्थन गरेका छौं । तर यो बढ्दो हिंसा पूर्णतया गलत छ ।’ विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार













प्रतिक्रिया