काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकार कानुनविपरीत अघि बढेको आरोप लगाएका छन्।

बुधबार बसेको संघीय संसदअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै शाहीले नयाँ गभर्नर विश्व पौडेल गभर्नर बन्ने योग्य नभएको दाबी गरे। उनले राष्ट्र बैंक ऐनअनुसार कुनै पनि राजनीतिक दलको सदस्यलाई गभर्नर नियुक्त गर्न नमिल्ने प्रावधान रहेको उल्लेख गर्दै पौडेलको नियुक्ति त्यही कानुनको उल्लङ्घन भएको बताए।

advertisement

शाहीले गभर्नर बन्ने व्यक्तिमा मौद्रिक नीतिसम्बन्धी पर्याप्त ज्ञान हुनुपर्नेमा जोड दिँदै, पौडेलको अध्ययन क्षेत्र कृषि विषयमा सीमित रहेको र उनीसँग आर्थिक तथा मौद्रिक विषयको अनुभव नभएको दाबी गरे।

प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com