काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। उनी केही समयअघि मात्रै नियन्त्रणमा लिइएका हुन्।

हिजो बेलुकी मात्रै सरुवा भई गृह मन्त्रालय पुगेका भट्टराई त्यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रमुख अध्यागमन अधिकृतका रूपमा कार्यरत थिए।

advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलस्थित अध्यागमन कार्यालयमा केही समयअघि मात्र छापा मारेको थियो। सोही छानबिनको क्रममा भट्टराई पक्राउ परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com