काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गरिनु पर्ने मागसहित दायर गरिएको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
यसअघि मंगलबारदेखि सुरु भएको निवेदनको सुनुवाइ बुधबार स्थगित गरिएको थियो, किनभने सो दिन सर्वोच्च अदालतमा संवैधानिक इजलासको कार्यसूची तय थियो। आज भने न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सो निवेदनमाथि थप सुनुवाइ गर्नेछ।
रवि लामिछानेकी पत्नी निकिता पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको आरोप लगाउँदै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी हुन्। हाल लामिछाने पुर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका छन्।
प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया