काठमाडौँ ।  सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले ‘राजावादी गतिविधिमा प्रतिबन्ध लगाउन सकिन्छ’ भन्ने अभिव्यक्तिपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीव्र आपत्ति जनाएको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले गुरुङको उक्त भनाइलाई संविधानको गम्भीर अपव्याख्या भन्दै खारेज गरेका छन्। श्रेष्ठले भने, “संविधानले राजनीतिक दल खोल्ने, विचार अभिव्यक्त गर्ने र राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार प्रत्याभूत गरेको छ। यस्तो मौलिक हक कुण्ठित गर्ने खालको अभिव्यक्ति अत्यन्त आपत्तिजनक र असंवैधानिक हो।”

advertisement

श्रेष्ठले जिम्मेवार पदमा बसेका व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको बताए। उनले जेठ १५ मा हुने आन्दोलनमा राप्रपाले सक्रिय सहभागिता जनाउने स्पष्ट पारे। “देशलाई यथास्थितिबाट मुक्त गर्न साझा आन्दोलन अपरिहार्य बनेको छ। त्यसका लागि हामी तयारीमा जुटिरहेका छौं,” श्रेष्ठले भने।

उनले सरकारको अभिव्यक्तिलाई राजनीतिक डर र वैकल्पिक विचारप्रति असहिष्णुता देखाउने प्रयासको रूपमा समेत व्याख्या गरे। श्रेष्ठका अनुसार आन्दोलनमा स्वस्फूर्त सहभागिताका लागि जनस्तरबाट समेत आह्वान भइरहेको छ।

प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com