स्वर्गीय ज्ञानु दाहालकी छोरी सृष्टिलाई आइतबार बसेको अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।
विद्यार्थी संगठनमै नभएकी सृष्टिलाई अध्यक्ष पञ्चा सिंहले केन्द्रीय सदस्यमा राखेकी हुन् । तर, अध्यक्ष पञ्चा सिंहले दृष्टि लामो समय विद्यार्थी संगठन मै काम गरेकाले केन्द्रीय समितिमा राखिएको प्रतिक्रिया दिइन् ।
‘सृष्टि लामो समय अखिल क्रान्तिकारीमै हुनुहुन्थ्यो । अहिले केन्द्रीय समितिमा राखिएको छ’ सिंहले भनिन्, ‘हामीले अध्यक्ष कमरेडको नातिनी भनेर राखेका होइनौ । योगदान गरेको भनेर राखिएको हो ।’
प्रकाशित मिति: ६ असार २०७९, सोमबार
प्रतिक्रिया