एजेन्सी । अमेरिकाको सान डिएगोमा बिहीबार बिहान एउटा विमान दुर्घटनाग्रस्त भएको थियो । यस विमान दुर्घटनामा प्रमुख संगीत एजेन्ट डेभ शापिरोको मृत्यु भएको छ । शापिरो साउन्ड ट्यालेन्ट ग्रुपका सह–संस्थापक थिए । उनी सम ४१, स्टोरी अफ द इयर र पियर्स द भिल जस्ता रक ब्यान्डका सदस्य थिए ।

यस दुर्घटनामा मेटल ब्यान्ड ‘द डेभिल वियर्स प्राडा’ का पूर्व ड्रमर डेनियल विलियम्सको पनि मृत्यु भएको आशंका गरिएको छ । मिडिया रिपोर्टका अनुसार उनले यही विमानबाट सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

advertisement

विमान दुर्घटनाले मर्फी क्यान्यनमा रहेको एउटा घर ध्वस्त पारेको थियो भने नजिकैका दशवटा भवनहरूमा क्षति पुगेको थियो । यसका कारण जलेका कारहरू र तिनीहरूको भग्नावशेष सडकमा छरिएका थिए । यसमा अन्य आठ जना घाइते पनि भए । साउन्ड ट्यालेन्ट ग्रुपका प्रवक्ताले बीबीसीलाई दिएको एक विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा सह–संस्थापक, सहकर्मी र साथीहरूको मृत्युले हामी स्तब्ध भएका छौँ । हाम्रो समवेदना उनीहरूको परिवार र आजको त्रासदीबाट प्रभावित सबैसँग छ ।’

विमान सेवा प्रदायक कम्पनीले यस विमान दुर्घटनामा आफ्ना तीन कर्मचारीको मृत्यु भएको बताएको छ । उनीसँगै शापिरोको नाम पनि समावेश गरिएको छ । कम्पनीले अन्यको पहिचान सार्वजनिक गरेको छैन ।

सान डिएगोका अधिकारीहरूले दुर्घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको पुष्टि गरे पनि दुर्घटनाको अनुसन्धान गरिरहेको राष्ट्रिय यातायात सुरक्षा बोर्डले मृत्यु हुनेको कुल संख्या स्पष्ट नभएको बताएको छ । अधिकारीहरूले मारिएका कसैको पनि नाम सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com