एजेन्सी । रूसको रक्षा मन्त्रालयले शुक्रबार एक सय १२ युक्रेनी ड्रोन खसालेको बताएको छ। मन्त्रालयका अनुसार बिहीबार रातिदेखि हवाई रक्षा प्रणालीले युक्रेनी ड्रोनहरू नष्ट गरेको र तीमध्ये २४ वटा मस्कोतर्फ लक्षित थिए।

मस्कोबाट करिब चार सय ५० किलोमिटर दक्षिणपूर्वमा रहेको लिपेट्स्क क्षेत्रमा आठ जना घाइते भएको क्षेत्रीय गभर्नर इगोर आर्टमोनोभले बताए। रूसी उड्डयन प्राधिकरण रोसाभियत्सियाका अनुसार आक्रमणका कारण बिहीबार मस्कोका विभिन्न विमानस्थलहरूमा उडानहरू स्थगित गरिएको थियो।

advertisement

किएभ र उनका पश्चिमी सहयोगीहरूले रूसले युक्रेनमाथिको आक्रमण रोकेर तत्काल युद्धविराम गर्नुपर्ने प्रस्तावलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरेको बताएका छन्।
रूसले अहिले क्रिमियाली प्रायद्वीपसहित युक्रेनका विभिन्न भागमा नियन्त्रण कायम गरेको छ।

प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com