काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफ्नो नयाँ पार्टीको नाम घोषणा गरेका छन् । उनले आफूले गठन गर्ने पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहने जानकारी गराए ।
स्वतन्त्ररूपमा उम्मेदवारी दिन चाहनेहरूलाई पार्टीमा स्वागत गर्ने उनले बताए । आफ्नो पार्टी आजैबाट क्रियाशील हुने बताएका छन्। ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को चुनाव चिन्ह भने ‘घण्टी’ रहेको छ।
देशभरबाट समानुपातिक भोट संकलन गर्नुपर्ने भएकाले नयाँ पार्टी गठन गरेको उनले बताए ।
प्रकाशित मिति: ७ असार २०७९, मंगलबार
प्रतिक्रिया