काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बिहान ९ बजे पदाधिकारी बैठक आह्वान गरेका हुन् । बैठक देउवाको बुढानीलकण्ठस्थित निवासमा बस्नेछ।

सभापति देउवाले क्रियाशील सदस्यता नवीकरणसम्बन्धी विषयमा छलफल गर्न बैठक बोलाएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार महामन्त्री गगन थापाले अहिलेसम्म सदस्यता नवीकरणको प्रगति विवरण प्रस्तुत गर्नेछन्। थापा सदस्यता व्यवस्थापन समितिका संयोजक पनि हुन्।

advertisement

मुख्य सचिव पौडेलले भने, “महामन्त्रीज्यूले क्रियाशील सदस्यता नवीकरणको हालसम्मको अवस्थाबारे विस्तृत जानकारी दिनुहुनेछ।” कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समय तोकेको छ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने पौडेलले बताए। गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउमा परेपछि गृहमन्त्रीको सचिवालयसमेत विवादमा तानिएको छ। यस सन्दर्भमा गृहमन्त्रीको राजीनामा माग हुने क्रम बढिरहेका बेला कांग्रेस पदाधिकारी बैठकले उक्त विषयमा पनि छलफल गर्ने जनाइएको छ।

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com