काठमाडौं । नक्कली भारतीय रुपैयाँ कारोबारको अभियोगमा दोषी ठहर भई सजाय भोगिरहेका युनुस अन्सारी नख्खु कारागारबाट शनिबार साँझ रिहा भएलगत्तै पुनः पक्राउ परेका छन्।
अन्सारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले रिहाइको केही क्षणमै नियन्त्रणमा लिएको थियो। उनलाई अहिले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान गरिँदैछ।
सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) होमिन्द्र बोगटीका अनुसार आइतबार अन्सारीलाई अदालतमा पेश गरिएको थियो। अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरी थुनामा राख्न अनुमति दिएको हो।
अब अन्सारीमाथि गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिको स्रोत र प्रयोगबारे थप अनुसन्धान अघि बढाइने सीआईबीले जनाएको छ।
प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया