काठमाडौं । रवि लामिछाने र छविलाल जोशीविरुद्धको आदेशमा त्रुटि भएको भन्दै सर्वोच्च अदालतले उक्त आदेश सच्याएको छ।

शुक्रबार न्यायाधीश डा. नहकुल सुवेदी र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासले आदेश जारी गरेको थियो। तर, उक्त आदेशमा “फैसला” भन्ने शब्द गल्तीले समावेश भएपछि आइतबार सोही इजलासले त्यसलाई सच्याउँदै नयाँ आदेश जारी गरेको हो।

advertisement

अदालतका अनुसार शुक्रबारको आदेशमा सानो प्राविधिक त्रुटि भएकोले संशोधन आवश्यक परेको थियो। अब संशोधित आदेशमा उक्त गल्ती सच्याइएको छ।

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com