काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेठ १३ गते बस्ने प्रतिनिधिसभाको बैठक सहज नहुने स्पष्ट पारेको छ। आइतबार सम्पन्न केन्द्रीय समिति बैठकपछि पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले गृहमन्त्री रमेश लेखकको नाम भिजिट भिसा प्रकरणमा जोडिएकाले उनले राजीनामा दिनु पर्ने माग दोहोर्याए।

झाले भने, “कसैलाई अभियुक्त बनाउँदैमा थुनामा हालिन्छ, तर गृहमन्त्री जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिलाई आरोप प्रमाणित नहुँदासम्म नहटाउने भन्ने दुईमानेको नीति हुन्छ भने त्यो स्वीकार्य हुँदैन। कि त नयाँ दलका नेतामाथि आरोप लागे पुग्छ, पुराना दलका नेतामाथि चाहिँ प्रमाण खोज्नुपर्ने ? यस्तो दोहोरो मापदण्ड हुँदैन।”

advertisement

उनले आउँदो संसद् बैठक सामान्य तरिकाले सञ्चालन नहुने चेतावनी दिए। संसद्मा रास्वपाको रणनीति के हुने भन्ने प्रश्नमा झाले स्पष्ट जवाफ नदिए पनि संकेत गर्दै भने, “अहिले नै के गर्ने भनेर भन्न चाहन्नँ, तर यति भन्न सक्छु– पर्सिको संसद् बैठक सामान्य हुँदैन।”

रास्वपाले गृहमन्त्री लेखकको संलग्नता रहेको भनिएको भिजिट भिसा प्रकरणलाई गम्भीर विषयका रूपमा उठाउँदै संसद् अवरुद्ध गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: ११ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com