काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० दिनपछि पुनः उपस्थित हुन ‘तारेख’ दिएको छ।

जेठ ७ गते आयोगमा उपस्थित गराइएका भट्टराईलाई दुई दिनसम्म सोधपुछ गरिएको थियो। तर, आवश्यक डिजिटल फरेन्सिक रिपोर्ट (डीएफएल रिपोर्ट) नआएकाले थप अनुसन्धानका लागि उनलाई १० दिनको म्याद दिइएको अख्तियारका एक उच्च अधिकारीले जानकारी दिए।

advertisement

भट्टराईको मोबाइल, ल्यापटपलगायतका डिजिटल सामग्री अख्तियारले नियन्त्रणमा लिई परीक्षणका लागि फरेन्सिक प्रयोगशालामा पठाएको छ। भट्टराईसहित अन्य तीन जनाको मोबाइल पनि परीक्षणमा रहेको जनाइएको छ। तर, रिपोर्ट नआएकाले बयान र अन्य अनुसन्धान प्रक्रिया अघि बढाउन सकिएको छैन।

पर्यटक भिसामा खाडी मुलुकतर्फ जाने महिलाहरूबाट रकम असुल्न अध्यागमन कार्यालयका कर्मचारी र बिचौलियाहरूले ‘कोडवर्ड’ प्रयोग गर्दै आएको पत्ता लागेको छ। विशेषतः युएई र कुवेतजस्ता देश जान चाहने महिलाहरूलाई लक्षित गर्दै ठूलो रकम असुल्ने गरिएको अख्तियारले जनाएको छ। सोही विषयमा हाल आयोगले विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com