काठमाडौं । कास्की जिल्ला अदालतले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
पोखरास्थित इमेज बचत तथा ऋण सहकारीमा ठगीसम्बन्धी अभियोगमा उनीमाथि मुद्दा दायर भएको थियो। यही अभियोगको सिलसिलामा जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेको इजलासले सोमबार उनलाई थुनामा पठाउने आदेश दिएको हो।
यसअघि नेपाली बागलुङ जिल्ला कारागारमा थुनामा थिए। उनलाई त्यहाँबाट झिकाएर अदालतमा उपस्थित गराइ सोमबार बयान लिइएको थियो। त्यसपछि अदालतले उनलाई पुर्पक्ष थुनामा पठाउने निर्णय गरेको हो।
प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया