काठमाडौं, मंगलबार — नेपाली सेयर बजारले आज पुनः सकारात्मक संकेत दिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.५३ अंकले वृद्धि भई २६७७.३० बिन्दुमा पुगेको छ। बजारमा कुल ३१८ कम्पनीका १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर कारोबार हुँदा कारोबार रकम ६ अर्ब ५२ करोड रुपैयाँ नाघेको छ।
लगातारको उकालो यात्रामा रहेको ओम मेघाश्री आज पनि सर्किट हानेको छ। यससँगै अन्य चार कम्पनीले समेत सकारात्मक सर्किट हिट गर्दै लगानीकर्तालाई उत्साहित बनाएका छन्।
यता, दिनभरको कारोबारमा गुँरास लघुवित्त सबैभन्दा धेरै घाटामा पर्यो। कम्पनीको सेयर मूल्य ८.०१ अंकले घट्दै आजको सबैभन्दा ठूलो गिरावट दर्ज गरेको छ।
प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया