काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको भ्रष्टाचारमा गृहमन्त्रीको सचिवालय प्रत्यक्ष संलग्न रहेको गम्भीर आरोप नेकपा माओवादी केन्द्रका सांसद झक्कुप्रसाद सुवेदीले लगाएका छन्।

राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद सुवेदीले गृह मन्त्रालयकै वरदहस्तमा मानव तस्करी तथा भ्रष्टाचारको कार्य भइरहेको दाबी गरे।

advertisement

‘भिजिट भिसा सेटिङको नाममा भइरहेको अवैध क्रियाकलापले फेरि देशको शीर निहुरिएको छ,’ सुवेदीले भने, ‘बेरोजगार नेपाली नागरिकलाई बेचेर पैसा कमाउने जस्तो दुःखद अवस्था सिर्जना गरिएको छ। यस्तो राष्ट्र बनाउने हाम्रो नियति कहिलेसम्म?’

उनका अनुसार, त्रिभुवन विमानस्थलमार्फत दैनिक ५० लाख रुपैयाँसम्मको भ्रष्टाचार भइरहेको चर्चा छ, जुन गृहमन्त्रीको सचिवालयको प्रत्यक्ष संलग्नतामा भइरहेको दाबी उनले गरे।

‘भिजिट भिसाको आवरणमा मानव तस्करी भइरहेको छ। गृहमन्त्री स्वयं संलग्न हुँदा पनि उनले दोष अरु कर्मचारीमा थोपरेर उम्कन खोजिरहेका छन्,’ सुवेदीले भने।

उनले भुटानी शरणार्थी प्रकरण झैं यो भिसा सेटिङ प्रकरणले पनि देशको छवि अन्तर्राष्ट्रिय रूपमा धूमिल बनाएको भन्दै चिन्ता व्यक्त गरे।

‘गृहमन्त्री लेखकको भाषण केही हुन्छ, व्यवहार भने ठीक उल्टो देखिन्छ,’ सुवेदीले टिप्पणी गरे, ‘देशको प्रतिष्ठा बचाउने जिम्मेवारी नेतृत्वको हो, तर अहिले नेतृत्व नै बदनाम भइरहेका छन्।’

सांसद सुवेदीले यस विषयमा गम्भीर छानबिन गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई कडा चेतावनीसमेत दिए।

प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com