काठमाडौँ । गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चाँडै फर्कने संकेत दिएका छन्। उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश दिँदै देश र जनताको पक्षमा लडिरहने दृढता व्यक्त गरेका छन्।

फेसबुकमा सार्वजनिक गरिएको स्टाटसमा प्रसाईंले आफू राष्ट्र र जनताको लागि सबै त्याग गर्न तयार रहेको जनाएका छन्। उनले गणतन्त्रको नाममा भइरहेका अन्याय, अत्याचार, भ्रष्टाचार र तस्करीको खुला विरोध गर्दै सत्य, न्याय र स्वाभिमानको पक्षमा निरन्तर संघर्ष गर्ने बताएका छन्।

advertisement

उनले लेखेका छन् —
“अब म चाँडै फर्किंदैछु, प्रतिक्षा गर्नुहोस्। मैले राष्ट्र र जनताको लागि सबै त्याग गरिसकेको छु। अब त उठौं, कति सुतिरहने? जब नेपाल आमाले आँशु बगाइरहेकी छन्, हामी किन मौन रहने? यो लडाइँ सत्ता वा शक्तिको लागि होइन, यो लडाइँ हो सत्य, न्याय र स्वाभिमानको। हामी निदाएको प्रत्येक क्षणमा हजारौं नेपाली रुँदै देश छोड्न बाध्य छन्। अब समय हो ब्युँझनुको। ढिला भयो भने देश नै रित्तो हुनेछ। नेपाल र नेपालीको अस्तित्व विलीन हुने खतरा छ।”

उनको यो सन्देशले राजनीतिक चेतना र नागरिक जागरणको आह्वान गरेको छ। उनले शान्तिपूर्ण तर दृढ संघर्षमार्फत राष्ट्रको भलोको पक्षमा अडिग रहने स्पष्ट संकेत दिएका छन्।

दुर्गा प्रसाईंको यो अभिव्यक्ति अहिलेको राजनीतिक परिस्थिति र नागरिक असन्तोषसँग जोडिँदै जनस्तरमा गम्भीर चर्चा भइरहेको छ।

प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com