काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफू पदबाट राजीनामा नदिने बताएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि राजनीतिक पूर्वाग्रह राखेर राजीनामा मागिएको बताए ।

उनको भनाइ जस्ताको तस्तै:
संविधानले अधिकार प्रदान गरेको सक्षम निकायले राष्ट्रसेवक कर्मचारीमाथि अनुसन्धान गर्नुपर्ने क्रममा त्यो अनुसन्धानले पूर्णता नै नपाउँदा यदि सम्बन्धित मन्त्रालयको नेतृत्वसँग जोड्ने हो प्रचार प्रचार गर्ने हो भने शासन व्यवस्था ठिक ढंगले चल्छ सम्भव छ ?

advertisement

यदि पार्टीको एक कार्यकर्तामाथि अनुसन्धान भयो भने पार्टी अध्यक्ष वा सभापतिले राजीनामा गर्नुपर्ने, सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा कुरा उठ्ने बित्तिकै राजीनामा दिनुपर्यो भने स्थिति के हो ? कुनै विषय उठ्न सक्छ त्यसलाई गम्भीरतापूर्वक लिएर निष्कर्षमा पुग्नुपर्छ ।
विगतमा विभिन्न विषयमा सञ्चारमाध्यममा समाचार आएका र केहीले अख्तियारले अनुसन्धान गरी अभियोजनसमेत गरेका अवस्था थियो । त्यस्तो अवस्थामा नेतृत्वले पद त्याग गरेको छैन। मैले कसैको नाम लिएर आग्रह पूर्वाग्रह राख्नु छैन ।
तर न्याय त मैले पनि पाउनुपर्ने होला नि ! कि न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ? मेरो विरुद्ध कुनै उजुरी छ ? काहीँ छानबिन भइरहेको छ ? तर मैले न्याय त माग्न पाउनुपर्ला नि। यसरी राजनीतिक आग्रह र पूर्वाग्रह राखेर कर्मचारीसँग भइरहेको अनुसन्धानलाई राजनीतिक नेतृत्वसँग जोड्दै जाने हो भने कसरी यो सम्भव होला । मैले कसैमाथि दोषारोपण गरेको छैन ।

प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com