काठमाडौं — सामाजिक सञ्जालमार्फत बब्लु गुप्ताले आफूले आशिका तामाङविरुद्ध कुनै पनि उजुरी प्रहरीमा नदिएको स्पष्ट पारेका छन्। केही संचारमाध्यमले बब्लु गुप्ताले आशिका तामाङविरुद्द उजुरी दिएको भन्ने समाचार प्रकाशन गरेपछि सामाजिक संजालमार्फत एक स्टाटस लेख्दै उनले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाइएको बताएका छन्।

“मैले आशीका तामाङ विरुद्ध कुनै पनि उजुरी प्रहरीमा दिएको छैन,” उनले लेखेका छन्। साथै, उनले पहाड र मधेसबीचको विभाजन खडा गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसप्रकारका गतिविधिको आफू सशक्त विरोध गर्ने पनि जनाएका छन्।

advertisement

“भ्रम सृजना गरिदै छ। नियोजित रुपमा पहाड मधेसी भन्दै झगडा लगाउनेको हामी सशक्त विरोध गर्छौं,” गुप्ताको भनाइ छ। उनले आफूले उजुरी दिएको भनिएको दाबीको प्रमाण माग्दै प्रश्न गरेका छन् — “मैले प्रहरीमा दिएको निबेदनको प्रमाण खोइ ?”

 

प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com