एजेन्सी । अर्बपति एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खर्च(कटौती कार्यदलको नेतृत्व गर्ने आफ्नो समय समाप्त हुन लागेको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत मस्कले डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी चलाउन सहयोग गर्ने अवसर प्रदान गरेकोमा ट्रम्पलाई धन्यवाद दिएका छन् ।

advertisement

मस्कलाई ट्रम्पले विशेष सरकारी कर्मचारीु का रूपमा नियुक्त गरिएको थियो, जसले उनलाई प्रत्येक वर्ष १३० दिनसम्म संघीय काम गर्न अनुमति दिन्छ । २० जनवरीबाट गणना गर्दा मस्कको अवधि मे महिनाको अन्त्यतिर सकिन्छ । मेरो विशेष सरकारी कर्मचारीका रूपमा निर्धारित समय समाप्त हुँदै छ । म राष्ट्रपति ट्रम्पलाई अनावश्यक खर्च घटाउने अवसर प्रदान गरेकोमा धन्यवाद दिन चाहन्छु,ु मस्कले एक्समा लेखेका छन् ।

मस्कले डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी मिसन समयसँगै बलियो हुँदै जाने पनि बताएका छन् । डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी मिसन समयसँगै बलियो हुँदै छ । किनकि यो सरकारभरि जीवनशैली बन्नेछ, उनले भनेका छन् ।

मस्कको बहिर्गमन उनले ट्रम्पको बजेटप्रति निराश भएको भनाइ पछि आएको हो, जसले खर्बौं डलरको कर छुट र रक्षा खर्चमा वृद्धि प्रस्ताव गरेको छ ।
स्पेसएक्स र टेस्लाका मालिक मस्कले सीबीएससँगको अन्तर्वार्तामा भनेका छन् कि उक्त विधेयकले संघीय घाटा बढाउँछ र डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सीमा भइरहेको कामलाई कमजोर बनाउँछ।

 

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com