काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन जना सांसदका व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) अझैसम्म ड्युटीमा नफर्किएको पाइएको छ।

नेपाल प्रहरीको अंगरक्षा सुरक्षा गणअन्तर्गत रहेका ती पिएसओहरूलाई बुधबार फिर्ता बोलाइएको थियो। प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद ध्रुवबहादुर प्रधान र दीपक सिंहको पिएसओ सोही दिन फिर्ता गरिएका थिए।

advertisement

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले ती सुरक्षाकर्मीहरूलाई नियमित प्रक्रिया अनुसार ‘ब्रिफिङ’का लागि बोलाइएको स्पष्ट पारेका छन्।

“ब्रिफिङका लागि मात्र बोलाइएको हो, आज (बिहीबार) पनि उनीहरू त्यसैका लागि गएका हुन सक्छन्,” थापाले भने, “हामी सबै पिएसओहरूलाई पालैपालो ब्रिफिङका लागि बोलाउने गर्छौं। प्रायः हप्तामा वा १५ दिनमा एक पटक यस्तो प्रक्रिया चल्ने गर्छ।”

थापाले यसपटक कति जना पिएसओहरू बोलाइएको भन्ने यकिन विवरण अहिले उपलब्ध नभएको बताए।

यसबीचमा सांसद शाहीलगायतका नेताहरूका सुरक्षाकर्मी फिर्ता नगरेको विषयले केही राजनीतिक चासो पनि सिर्जना गरिरहेको छ। तर प्रहरी प्रशासनले भने यसलाई नियमित प्रक्रिया भनी प्रष्ट पारेको छ।

 

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com