काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय बजेट आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। अर्थमन्त्री विष्णु पौडेलले अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

यसैबीच, अर्थमन्त्री पौडेल ‘बजेट ब्याग’ सहित सार्वजनिक देखिएका छन्। अर्थ मन्त्रालयबाट बाहिरिँदै गर्दा उनी सेतो र आकर्षक झोलासहित देखिएका थिए। सचिवालयका अनुसार उक्त झोला नेपालमै उत्पादन गरिएको अल्लोको झोला हो, जुन पूर्ण रूपमा स्वदेशी सामग्री प्रयोग गरी तयार पारिएको हो।

सरकारले यसरी स्वदेशी उत्पादनलाई प्राथमिकता दिएको सन्देशसमेत यस झोलामार्फत दिने प्रयास गरेको देखिन्छ।

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com