काठमाडौँ । राजधानीको रत्नपार्कमा राजसंस्थाको समर्थनमा आयोजना गरिएको आन्दोलन जारी छ। उक्त आन्दोलनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेताहरूको सहभागिता रहेको छ।
आन्दोलनका क्रममा बागबजारमा गाडी पार्क गरेर पर्खिरहेका अध्यक्ष लिङ्देनका चालक रामशरण चौलागाईँमाथि केही अज्ञात युवाहरूले आक्रमण गरेका छन्। कुटपिट भइरहेको अवस्थामा प्रहरी र अन्य केही युवाहरूको सहयोगमा चौलागाईँलाई उद्धार गरिएको थियो।
हालसम्म उनलाई कुटपिट गर्ने व्यक्तिहरूको पहिचान हुन सकेको छैन भने प्रहरीले यसबारे अनुसन्धान जारी राखेको जनाएको छ।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया