काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव विष्णु रिमालले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति सार्वजनिक रूपमा सकारात्मक धारणा आएको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै रिमालले बजेटमा खासै कमजोरी नदेखिएपछि कतिपयलाई ‘बजेटले नराम्रो गर्छ भनेर कसरी देखाउने’ भन्ने चिन्ता परेको टिप्पणी गरेका छन्।
उनका अनुसार विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सार्वजनिक जीवनमा सक्रिय व्यक्तिहरू अहिले बजेटप्रति ‘नराम्रो भन्न नसकिने, राम्रो भन्न मन नलाग्ने’ भन्ने द्विविधात्मक अवस्थामा छन्।
रिमालले बजेटलाई एकमात्र निर्णायक विषय नठान्न आग्रह गर्दै त्यसको मूल्याङ्कन गुण, दोष, तथ्य र तर्कको आधारमा गर्नुपर्ने सुझाव दिएका छन्।
प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया