काठमाडौँ । काठमाडौँको नारायणहिटी दरबार संग्रहालय वरपरको क्षेत्रलाई शनिबारदेखि असार २४ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार आदेश जारी गर्दै सो क्षेत्रभित्र पाँच जनाभन्दा बढी भेला भई अनशन, धर्ना, प्रदर्शन, जुलुस, सभा वा अन्य कुनै प्रकारका विरोध कार्यक्रम गर्न नपाइने व्यवस्था गरिएको जानकारी दिएका हुन्।
निषेधाज्ञा लागू गरिएको क्षेत्र अन्तर्गत केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै पुनः दरबार संग्रहालयको दक्षिण गेटसम्मको क्षेत्र पर्दछ।
स्थानीय शान्ति सुरक्षा तथा सार्वजानिक सुव्यवस्था कायम राख्न निषेधाज्ञा जारी गरिएको प्रशासनको भनाइ छ। आदेश उल्लङ्घन गर्ने व्यक्तिहरूलाई कानुनी कारवाही गरिने चेतावनी पनि दिइएको छ।
प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया