काठमाडौं ।  व्यवस्थाको परिवर्तन गर्ने लक्ष्यसहित आन्दोलन थालेका राजावादी समूहले शनिबार राजधानी काठमाडौंमा प्रदर्शन गरेका छन्।

राजावादीहरू नारायणहिटी दरबार परिसरमा प्रदर्शन गर्ने तयारीमा थिए। तर, काठमाडौं जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि ‘संयुक्त जनआन्दोलन समिति’ले कार्यक्रम स्थल परिवर्तन गर्दै शान्तिवाटिका (रत्नपार्क) मा प्रदर्शन गरेका हुन्।

advertisement

शान्तिवाटिकामा भेला भएका प्रदर्शनकारीहरूले नाराबाजी गर्दै बालुवाटारतर्फ र्‍याली निकालेका थिए। र्‍यालीको क्रममा त्रिचन्द्र क्याम्पस अगाडि केहीबेर धकेलाधकेल समेत भएको थियो।

प्रदर्शनका क्रममा घुसपैठ गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। आन्दोलन शान्तिपूर्ण रूपमा अघि बढाइने आयोजक पक्षले जनाएको छ।

प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com