काठमाडौं । राजसंस्था पुनर्स्थापना र नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने मागसहित आन्दोलनरत प्रदर्शनकारीहरू शनिबार प्रधानमन्त्री निवास, बालुवाटारतर्फ अगाडि बढेका छन्।

पहिलेको योजना अनुसार प्रदर्शनकारीहरूले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमै प्रदर्शन गर्ने तयारी गरेका थिए। तर प्रशासनले सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि उनीहरूले आफ्नो गन्तव्य परिवर्तन गरी बालुवाटारतर्फको बाटो रोजेका हुन्।

advertisement

शान्तिबाटिकाबाट सुरु भएको जुलुस नक्साल हुँदै बालुवाटारतर्फ अघि बढ्दा सडकमा उल्लेख्य भिड देखिएको थियो। नाराबाजी, झन्डा फहराउँदै र संगठित रूपमा अघि बढिरहेका प्रदर्शनकारीहरूले सरकारको ध्यान आकर्षित गर्न प्रयास गरिरहेका छन् ।

प्रदर्शनको क्रममा शान्तिपूर्ण तर उत्साहजनक वातावरण देखिएको छ भने सुरक्षाकर्मीहरू पनि स्थिति नियन्त्रणमा राख्न तैनाथ छन् ।

प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com