काठमाडौं । राजसंस्था पुनस्र्थापना र हिन्दू राज्यसहितका माग राखेर सडक आन्दोलनमा होमिएका राजावादीहरू आफ्ना पक्षमा समर्थन बढेको भन्दै उत्साहित देखिएका छन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक समेत रहेका नवराज सुवेदीले आन्दोलनमा सहभागीताको संख्या दैनिक बढ्दै गएको र यसले आफूहरूलाई उत्साहित बनाएको बताएका छन् ।

advertisement

शनिबार साँझ एक भिडिओ सन्देश जारी गर्दै संयोजक सुवेदीले सरकारले विभिन्न क्षेत्रमा जारी गरेको निषेधाज्ञा आफूहरूलाई लागि ‘वरदान’ भएको समेत बताएका छन् ।

गत १५ बाट सुरु भएको राजावादीहरूको आन्दोलन निर्धारित कार्यक्रम अनुसार आज दरबारमार्ग क्षेत्रमा हुनुपर्थ्यो । तर, शुक्रबार साँझ सो क्षेत्रमा सरकारले निषेधाज्ञा जारी गरेपछि शनिबार दिउँसो राजावादीहरूको प्रदर्शन बालुवाटारसम्म पुगेको थियो ।

प्रधानमन्त्री, सभामुखलगायतको सरकारी निवास भएको सो क्षेत्रमा राजावादी आन्दोलनमा सहभागीहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्दै नाराबाजी गरेका थिए ।

 

प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com