काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजी ले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ।

गएराति भएको फाइनल खेलमा इन्टर मिलानलाई हराउँदै पिएसजीले पहिलो च्याम्पियन्स लिगको ट्रफी जितेको हो।

advertisement

एलियान्ज एरिनामा पिएसजीले इन्टर मिलानमाथि ५ गोल गर्‍यो। त्यस क्रममा डिजेर डुवेले २, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया र सेनी मायुलुले समान १र१ गोल गरे।

हाकिमीले १२ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। डुवेले २० औं मिनेटमा अग्रता दोब्बर पारे। उनैले ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे।

क्वारात्स्खेलियाले ७३ औं मिनेटमा गोल गर्दै टिमको जित सम्भावना बलियो बनाए। मायुलुले ८६ औं मिनेटमा गोल गरेपछि इन्टरमाथि सानदार जित हात पार्दै पिएसजीले उपाधि जितेको हो।

पिएसजीले आर्सनल र इन्टरले बार्सिलोनालाई पराजित गर्दै फाइनल पुगेका थिए।

 

प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com