काठमाडौँ । राजसंस्थाको समर्थनमा आयोजना गरिएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा तीन जना घाइते भएका छन्।

प्रदर्शनका क्रममा सहभागी केही व्यक्तिले प्रहरीतर्फ बोतल प्रहार गरेपछि प्रहरीले बल प्रयोग गर्दै लाठीचार्ज गरेको प्रत्यक्षदर्शीले बताएका छन्। लाठी प्रहारबाट कम्तीमा तीन जना घाइते भएका छन् भने अन्य केहीलाई पनि चोटपटक लागेको जनाइएको छ।

advertisement

घाइतेहरूको उद्धार गरी नेपाल रेडक्रसको टोलीले उपचार गरिरहेको छ।

प्रदर्शनको क्रममा प्रहरीको हस्तक्षेप बढेसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १८ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com