काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमण सम्पन्न गरी आज बिहान स्वदेश फर्किंदै छ। भण्डारीसहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०ः ४५ बजे अवतरण गर्ने कार्यक्रम छ।

चीन भ्रमणको निष्कर्ष र अनुभवबारे जानकारी दिन विमानस्थलको विशिष्ट कक्षमा प्रतिनिधिमण्डलका तर्फबाट प्रेस ब्रिफिङको कार्यक्रम तय गरिएको पूर्वराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

advertisement

पूर्व राष्ट्रपति भण्डारी केही दिनअघि चीनको निमन्त्रणामा औपचारिक भ्रमणमा गएकी थिइन्। भ्रमणका क्रममा उनले विभिन्न उच्चस्तरीय भेटवार्ता र सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएकी थिइन्।

 

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com