काठमाडौँ । सोमबारका लागि तय गरिएको राजावादी समूहको प्रदर्शन स्थगित गरिएको छ। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आज कुनै पनि प्रदर्शन, जुलुस वा धर्ना कार्यक्रम नगर्ने निर्णय गरिएको जानकारी गराएका छन्।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, राजपरिवारका सदस्यहरूको दुखद निधनले सम्पूर्ण नेपाली जनतालाई शोकमा डुबाएको हुँदा आजको दिनलाई शोक दिवसका रूपमा मनाउन निर्णय गरिएको हो।
समितिले दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै आज साँझ ६ बजे कमलादीस्थित गणेशस्थानमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने जनाएको छ।
प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया