नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा एम्बुलेन्स र स्कुल भ्यान एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान देवचुली–२ स्थित दुम्कोली चोकमा ना४च ४६१६ नम्बरको एम्बुलेन्स र बा२०च ७२ नम्बरको स्कुल भ्यान एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। नारायणगढतर्फ बिरामी बोकेर गइरहेको एम्बुलेन्स र विपरीत दिशाबाट आइरहेको स्कुल भ्यान एकआपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको प्रहरीले जनाएको छ।

advertisement

दुर्घटनामा परी दिव्य एकेडेमी बोर्डिङ स्कुल, केउरेनीका भ्यान चालक देवचुली–१ निवासी ५२ वर्षीय कुलप्रसाद सुवेदी गम्भीर घाइते भएका थिए। टाउको र खुट्टामा गम्भीर चोट लागेका सुवेदीको चितवन मेडिकल कलेज शिक्षण अस्पताल, भरतपुरमा उपचारका क्रममा बिहान ९:२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालले जानकारी दिए।

दुर्घटनामा स्कुलका दुई विद्यार्थीसहित पाँच जना घाइते भएका छन्। साथै, एम्बुलेन्समा सवार बिरामीसहित अन्य घाइतेहरूलाई थप उपचारका लागि भरतपुरस्थित मनकामना अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com