काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट आज मंगलबार समापन हुँदैछ । फाइनल खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स भिड्दै छन् ।
दुवै टोली पहिलो उपाधि जित्ने होडमा छन् । फाइनल खेल बेलुका पौने ८ बजेदेखि अहमदाबादस्थित विश्वकै ठुलो नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुनेछ ।
बेंगलुरुले पहिलो क्वालिफायरमा पञ्जाबलाई हराएर फाइनलमा स्थान बनाएको थियो । पराजित पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराएर फाइनलमा फेरि बेंगलुरुसँगको भिडन्त पक्का गर्यो ।
लिग चरणमा समान खेलबाट समान नतिजा र अंक बटुलेका यी दुई टोलीबीच नेट रनरेटको मात्र फरक रहँदा पञ्जाब शीर्षमा फिनिस गरेको थियो भने बेंगलुरु दोस्रोमा रहेको थियो ।
आईपीएल फाइनलः पहिलो उपाधि जित्ने होडमा बेंगलुरु र पञ्जाब
बेंगलुरुले यसअघि सन् २००९, २०११ र २०१६ गरी तीनपटक आईपीएलको फाइनल खेलेपनि उपाधि जित्न सकेको छैन । पञ्जाबले सन् २०१४ को फाइनल खेल्दा उपाधि जित्न सकेन ।
आईपीएलमा हालसम्म यी दुई टोलीबीच ३६ खेल भएको छ जसमा दुवै टोलीले १८(१८ खेल जितेका छन् । पछिल्ला ६ खेलमा भने बेंगलुरुसँग ५(१ को अग्रता छ ।
यस सिजन यी दुई टोली लिग चरणमा २ पटक र प्लेअफमा एकपटक खेलिसकेका छन् । जसमा बेंगलुरुले २ खेल जित्दा पञ्जाबले १ खेल जितेको छ ।
प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया