काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारी अब उपरीक्षक (इन्स्पेक्टर) विष्णु प्रसाद जोशीले सम्हाल्ने भएका छन्।
हालसम्म उक्त पदमा कार्यरत रहेका राजु पाण्डे बढीमा ६ महिनाका लागि निलम्बनमा परेपछि, प्रमुख प्रशासकीय अधिकृतले जोशीलाई उक्त जिम्मेवारी दिएका हुन्।
जोशीलाई अर्को व्यवस्था नभएसम्मका लागि नगर प्रहरी प्रमुखको रूपमा कार्यभार सम्हाल्न औपचारिक पत्र प्रदान गरिएको छ। महानगर स्रोतका अनुसार उक्त निर्णयको जानकारी मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई समेत गराइएको छ।
प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया