काठमाडौं । दक्षिण कोरियाको राष्ट्रपति चुनावमा वामपन्थी झुकाव भएको लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया ९डीपीके० का नेता ली जे–म्युङ विजयी भएका छन्। उनी सत्तारूढ पीपुल पावर पार्टी पीपीपी का उम्मेदवार किम मून–सूलाई पराजित गर्दै विजयी भएका हुन् ।
प्रारम्भिक मतगणनाका अनुसार लीले ४८।३१ प्रतिशत मत प्राप्त गर्दा किम ४२।९ प्रतिशतमा मात्र सीमित भए।
जीतपछि लीले भने, ‘म मतदाताहरूसँग आभारी छु। म यो जिम्मेवारी कहिल्यै बिर्सिने छैन। म देशलाई एकताबद्ध गर्न, अर्थतन्त्र सुधार्न र उत्तर कोरियासँग शान्ति स्थापना गर्न काम गर्नेछु।’
त्यसैगरी, पराजित उम्मेदवार किम मून–सूले हार स्वीकार गर्दै भने, ‘म जनताको निर्णय विनम्रतापूर्वक स्वीकार गर्छु र ली जे–म्युङलाई जितको लागि बधाई दिन्छु।’
७८ प्रतिशत भन्दा बढी मतदाता सहभागी
यसपटकको राष्ट्रपति चुनावमा ७८।३ प्रतिशत मतदाताले मतदान गरे, जुन सन् १९९७ यताकै सबैभन्दा उच्च हो ।
सन् २०२२ को राष्ट्रपति चुनावमा यो दर ७७।१ प्रतिशत थियो। दक्षिण कोरियामा सबैभन्दा धेरै मतदान सन् १९८७ को चुनावमा भएको थियो, जुन ८९।२ प्रतिशत थियो।
यसपटक चुनावमा ६ उम्मेदवार मैदानमा थिए, तर मुख्य प्रतिस्पर्धा डीपीके र पीपीपीबीच थियो।
समयअघि भएको राष्ट्रपतीय चुनाव
दक्षिण कोरियामा अर्को चुनाव सन् २०२७ मा हुने तय थियो। तर पीपीपीका नेता तथा तत्कालीन राष्ट्रपति युन सुक–योललाई सैनिक शासन घोषणा गरेको आरोपमा पदबाट हटाइएको थियो।
युनले मार्शल ल घोषणा गर्दा उत्तर कोरियाको खतरा र राज्यविरोधी शक्तिहरूको सक्रियतालाई कारण भनेका थिए । तर उनले आफ्ना राजनीतिक समस्याबाट छुटकारा पाउन यस्तो कदम चालेका थिए ।
उनले सैनिक शासन लगाएको एक हप्तापछि संसदले उनलाई महाभियोग लगायो। अप्रिल ४ मा संवैधानिक अदालतले महाभियोगलाई सदर गर्यो र उनलाई स्थायी रूपमा पदबाट हटायो। त्यसपछि, कानुनअनुसार ६० दिनभित्र अनिवार्य चुनाव गर्नुपर्ने व्यवस्थाअनुसार नयाँ निर्वाचन भएको हो ।
त्यही सैनिक शासन लगाउने छोटो तर अलोकतान्त्रिक बाटो रोज्दा पूर्व राष्ट्रपति युन सुक योलको राजनीतिक करियर समाप्त भएको छ । महाअभियोगपछि पदमुक्त भए पनि उनले अझै शक्ति दुरुपयोगको अभियोगमा आपराधिक मुद्दा खेपिरहेका छन् ।
प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया