काठमाडौं । काठमाडौंमा सार्वजनिक यातायात बन्द रहेको मौका छोपेर अफलाइन बार्गेनिङ गर्ने ३३१ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार काठमाडौंका विभिन्न ठाउँमा चेकिङमा खटिएको ट्राफिक प्रहरीले राइड शेयरिङ एपको दुरूपयोग गर्ने ३३१ जनालाई नियन्त्रणमा लिएर विभिन्न प्रहरी कार्यालयमा बुझाएको हो।

advertisement

त्यसमा यात्रुलाई गन्तव्यमा पुर्याउन सडकमा यात्रुको पर्खाइमा बसेर सवारी आवागमनमा बाधा पुर्‍याउने, यात्रुबाट बढी भाडा लिने, अफलाइन बार्गेनिङ गर्ने तथा यात्रुलाई हैरानी दिनेहरू रहेको प्रहरीले जनाएको छ।

त्यस्तै ट्राफिक नियम उल्लंघन गर्ने २७२ जना राइड शेयरिङ चालकहरूलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

काठमाडौंमा यातायात व्यवसायीहरुले विभिन्न माग राखेर सार्वजनिक यातायात ठप्प पारेपछि राइड शेयरिङ चालकहरूले यात्रुहरूसँग महँगो भाडा लिएको, अफलाइन बार्गेनिङ गरेको लगायतका गुनासो बढेपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चेकिङ तीव्र पारेको थियो।

 

 

प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com