काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुर्व्यवहार गरेका छन्। बिहीबार नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालयमा रिपोर्टिङ गर्न पुगेका नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्कीमाथि थापाले दुर्व्यवहार गरेका हुन्।

अधिवक्ता थापाले रिपोर्टिङको क्रममा कार्कीले तस्वीर लिएकोप्रती आपत्ति जनाउँदै उनको क्यामेरामा हातले हानेका थिए, जसले पत्रकारिता पेसाप्रति गम्भीर अवहेलना दर्शाउँछ।

advertisement

पार्टी अध्यक्ष माधव कुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरु बैठकमा जुटिरहेका थिए। सोही बैठकको रिपोर्टिङका लागि पत्रकारहरु त्यहाँ उपस्थित भएका थिए।

यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाप्रति चिन्ता थपिएको छ। नागरिकस्तरबाट घटनाको गम्भीर छानबिन र दोषीमाथि कारबाहीको माग उठ्न थालेको छ।

प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com