विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा अब न्यायालयको विषय भएकाले यसबारे कुनै टिप्पणी नगर्ने स्पष्ट पारेका छन्।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले मुद्दाको सम्मानजनक ढंगले समाधान हुनुपर्नेमा जोड दिए। उनका अनुसार अब यो विषय अदालतको क्षेत्राधिकारमा प्रवेश गरिसकेको छ, त्यसैले त्यसप्रति टिप्पणी गर्नु उपयुक्त हुँदैन।

advertisement

महामन्त्री थापाले नेपाली कांग्रेसको आगामी महाधिवेशन अगावै क्रियाशील सदस्यता सम्बन्धी कार्य सम्पन्न हुनु आवश्यक रहेको बताए। उनले पार्टीका सबै नेताहरूले आफ्ना निर्वाचन क्षेत्रमा सदस्यता नवीकरण तथा छनोट प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउनुपर्ने धारणा राखे।

सरकारको सफलताका लागि नेपाली कांग्रेसले सक्दो सहयोग गरिरहेको उल्लेख गर्दै थापाले पार्टीका नेताहरूले आफ्नो जिम्मेवारी समयमै पूरा गर्नु आवश्यक रहेको बताए। उनले सरकारबाट जनअपेक्षा अनुसारको काम हुनुपर्ने र हाल भइरहेका कार्यहरूको समुचित समीक्षा पनि हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com