नवलपरासी । नवलपरासी जिल्लाको सुनवल नगरपालिका–२ अवरैयामा एक युवकले कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या गरेका छन्।
२७ वर्षीय हेमराज थारुले आफ्ना ५० वर्षीय बुवा जयराम थारु र ७० वर्षीय छिमेकी नाथु धरिकारको निर्मम हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) विरदत्त पन्तका अनुसार हेमराजले पहिलो प्रहार आफ्नै बुबामाथि घरभित्रै गरेका थिए भने त्यसपछि घर अगाडिको बाटोमै छिमेकी धरिकारमाथि कोदालो प्रहार गरेका थिए।
घटनाको वास्तविक कारण अझै खुलेको छैन। प्रारम्भिक अनुसन्धानका क्रममा हेमराज केही समयअघि मात्र रुपन्देहीको मणिग्रामस्थित सुधार गृहबाट निस्किएको खुलेको छ। उनी त्यहाँ तीन महिना उपचार तथा निगरानीमा रहेका थिए।
प्रहरीले हेमराजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया