काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्ना नेता तथा कार्यकर्तालाई विचार फरक परे पनि कसैसँग दुश्मनी नराख्न आग्रह गरेका छन्।

पार्टी निकट मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कसैप्रति पूर्वाग्रह राखी प्रतिशोधको भावना बोकेर अघि नबढ्न सुझाव दिए।

advertisement

उनले भने, “हाम्रो विचार सही छ, यही विचारका आधारमा हामी क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाइरहेका छौँ। कम्युनिष्ट आन्दोलनमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्नु नै हाम्रो लक्ष्य हो।”

नेता नेपालले विचार मिल्ने समूहहरूसँग सहकार्य गर्न सकिने बताए तर अरूबाट आशा गरेर हात बाँधेर बस्न नहुने स्पष्ट पारे।
“हामी आफैं पार्टी सशक्त बनाउनतिर लाग्नुपर्छ। पार्टी कमजोर भयो भने न त हामीलाई कसैले वास्ता गर्छ, न त सम्मान।” उनले भने।

उनले पार्टीको संगठन सुदृढीकरणमा पूर्ण ध्यान दिन नेता कार्यकर्तालाई निर्देशन दिए।

साथै, पार्टीको सल्लाह र सहमतिविना नेताहरू आफैंखुसी निर्णय लिने प्रवृत्ति देखिएको भन्दै त्यसलाई रोक्नुपर्ने आवश्यकता पनि उनले औंल्याए।

प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com