काठमाडौं । सरकारले सत्तारूढ नेपाली कांग्रेससँग निकट सम्बन्ध राख्ने नेपाल तरुण दलको भवन निर्माणका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको खुलेको छ।

काठमाडौं महानगरपालिका–१३ स्थित रविभवनमा निर्माण गरिन लागेको सो भवन ‘गणेशमान सिंह स्मृति भवन’ नामक शीर्षकमा बजेट छुट्याइएको हो। यो बजेट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना सुरु भएको छ।

advertisement

बजेट उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको मन्त्रालयमार्फत विनियोजन गरिएको हो। मन्त्री सिंह स्व. गणेशमान सिंहका सुपुत्र हुन्।

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन्। उनले भवन निर्माणका लागि बजेट व्यवस्थापन गर्न पहल गर्ने सभापति शेरबहादुर देउवा र मन्त्री सिंहलाई धन्यवाद दिँदै फेसबुकमार्फत सो विषयमा पत्रसहित सार्वजनिक गरेका छन्।

सरकारी स्रोत र सत्तारूढ दलसँग जोडिएका भ्रातृ संस्थाहरूका लागि यस्ता बजेट व्यवस्थापन हुनुले निष्पक्षता र प्राथमिकताको सवालमा प्रश्न उठेको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com