काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाह आफ्ना छोरा हृदयेन्द्र शाहसँगै जुम्ला पुगेकी छन्। हिमानी ट्रस्टमार्फत जुम्लाको गुठिचौर गाउँपालिका अन्तर्गत मनिसाङ्घमा निर्माण गरिन लागिएको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि उनी जुम्ला पुगेकी हुन्।

जुम्ला विमानस्थलमा स्थानीयबासीहरूले पूर्वयुवराज्ञी शाहको आत्मीय स्वागत गरेका थिए। सामाजिक सेवा र स्वास्थ्य क्षेत्रमा हिमानी ट्रस्टले सक्रियता जनाउँदै आएको सन्दर्भमा यो नयाँ प्रयासले थप सकारात्मक प्रभाव पार्ने स्थानीयको विश्वास छ।

advertisement

हिमानी ट्रस्टले मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुधारका लागि सुत्केरी सेवा केन्द्र निर्माण गर्न लागेको हो। स्थानीयबासीहरूले यसलाई क्षेत्रको स्वास्थ्य सेवा प्रवर्धनमा एक महत्वपूर्ण र भावनात्मक पहलका रूपमा लिएका छन्।

स्वास्थ्य पहुँचमा कमी रहेको दुर्गम जुम्लाजस्तो क्षेत्रमा सुत्केरी सेवा केन्द्र स्थापना हुनु आमाबुबा र नवजात शिशुका लागि जीवनरक्षात्मक पहलका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com